काठमाडौँ – राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमनका लागि छुट्टै ऐनको मस्यौदा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सदनले बनाउने बाहेकका कानून निर्माणमा एकरुपता ल्याउनका लागि छिटो भन्दा छिटो छुट्टै ऐनको मस्यौदा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको हो । प्रत्यायेजित विधायन वा सहायक कानुन निर्माण गर्दा एकरुपता नहुने देखिएकाले छुट्टै ऐनको आवश्यकता देखिएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिए । उनले सदनले बनाउने बाहेक सरकारले वा संवैधानिक निकायले बनाउने कानूनमा एकरुपता ल्याउनका लागि मापदण्ड आवश्यक रहेको बताए ।


ADVERTISEMENT

# # #


बैठकमा कानून मन्त्रालयका प्रतिनिधिहरुले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमनका लागि छुट्टै ऐनको मस्यौदा मन्त्रीपरिषद्मा पेश गरिएको र पारित हुनेबितिकै सदनमा पेश गर्ने तयारी भएको जानकारी दिएका थिए ।