उदयपुर– पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ ।


ADVERTISEMENT


उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको छ । सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्छन्, “विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ता समस्या छैनन् ।


ADVERTISEMENT

# # #


केही समययता आएर ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेल बताउँछन् ।

चालु आवको अन्त्यसम्ममा उद्योगले रु २५ देखि ३० करोडसम्म आम्दानी गर्नेसमेत उद्योग व्यवस्थापनको दाबी छ । उद्योगमा अहिले अढाइ लाखभन्दा बढी सिमेन्ट भण्डार गरिराखिएको बताइन्छ । उदयपुर सिमेन्ट उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता आठ सय मेट्रिक टन हो ।