काठमाडौँ – करिब १५ वर्षअघि पूर्वाधारको क्षेत्रमा उदाएको मारुती सिमेन्ट देशको भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । निजीस्तरको पहिलो तथा सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रुपमा स्थापना भएको मारुती सिमेन्ट उच्च गुणस्तरसहित सर्वाधिक विश्वसनीय ब्राण्ड हुँदै अहिले नेपालकै नम्बर एक सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।
उत्कृष्ट अर्थात उच्च–गुणस्तरीय सिमेन्टको लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेको चुनढुङ्गा नै हो । नेपालको पूर्वीक्षेत्रमा पाइने चुनढुङ्गा सिमेन्टको लागि अत्यन्तै उत्कृष्ट मानिएको छ । किनकि यहाँको चुन-ढुङ्गामा म्याग्नेसियम अक्साईड (एमजीओ)को मात्रा अरु क्षेत्रको भन्दा निकै कम छ । मारुती सिमेन्टले प्रयोग गर्ने उदयपुर–सिन्धुली पहाडी रेन्जको चुनढुङ्गा खानी अन्य सिमेन्टको तुलनामा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
उत्पादन तथा विक्री वितरणको लागि एन.एस.आई.एस.ओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ.पी.सी. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस.र आई.एस.ओ. १४००१ः२०१५ पाउन सफल मारुती सिमेन्टले नेपाललाई सिमेन्टमा आत्म निर्भर बनाउन मुख्य भूमिका खेलेको छ ।
उपभोक्ताको विश्वास र भरोसा जितेको मारुती सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा गुणस्तरसम्बन्धी विभिन्न अवार्ड तथा प्रसंशा–पत्रहरु प्राप्त गर्नेहरुमा पनि अगाडि रहेको छ । साथै मारुती सिमेन्ट ५३ ग्रेडको सगर्वशक्तिशाली ओपीसी सिमेन्ट उत्पादन गर्ने पनि नेपालकै पहिलो कम्पनी हो ।
कम्पनीले हाल दैनिक ३००० मेट्रिक टन सम्म उत्पादन गर्दै आएको छ । यो सिमेन्टको प्रयोग देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाईड्रोपावर, धावनमार्गदेखि हाउजीङ्ग कम्पनीहरुमा पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
मारुती सिमेन्टले पूर्वाधार विकासमा योगदान मात्रै दिएको छैन, सयौँ रोजगारी पनि प्रदान गरेको छ भने देशको अर्थतन्त्रमा राम्रो सहयोग पुर्याउँदै आएको छ ।
उपभोक्ता र विक्रेताको पहिलो रोजाईमा मारुती
नेपाली सिमेन्टको बजारमा पछिल्ला समय मारुती सिमेन्टले उपभोक्ता र विक्रेताहरुको रोजाईमा पहिलो नम्बरमा पर्न सफल भएको छ । मारुती सिमेन्टले सिमेन्टको गुणस्तरका कारण उपभोक्तमाझ एक विश्वसनीय कम्पनीका रुपमा आफूलाई स्थापित गरेको छ ।
मारुती सिमेन्टका ग्राहक र विक्रेता डिलरहरु गुणस्तरसहितको उत्कृष्ट उत्पादन भएकाले यसमा कुनै खोट लगाउन नसकिने बताउँछन् । विभिन्न सर्वेक्षणमा मारुती सिमेन्टको प्रयोगकर्ताहरु अन्य सिमेन्ट प्रयोगकर्ताको तुलनामा विश्वसनीय भई प्रयोग गरिररहेको पाइएको छ ।
भिडियो हेर्नुहोस्:
काठमाडौँको बुद्ध हार्डवयर सेन्टरका बुद्ध केसीले मारुती सिमेन्टको बारेमा आजसम्म ग्राहकबाट कुनै पनि किसिमको गुनासो नआएको बताए । करिब एक दशकदेखि सिमेन्ट बेच्दै आएका उनी मारुती सिमेन्ट बेचेर पूर्ण सन्तुष्ट रहेको बताउँछन् ।
केसी भन्छन्, ‘मैँले आसम्म कुनै पनि ग्राहकबाट मारुती सिमेन्टको बारेमा गुनासो सुन्नु परेको छैन । मारुती सिमेन्टदेखि म पूर्ण सन्तुष्ट छु । हिजो पनि बचेको थिएँ, आज पनि बेचिरहेको छु र कम्पनीको मैँले सरसहयोग पनि पाइरहेको छु ।’
भिडियो हेर्नुहोस्:
मारुती समेन्टको गुणस्तर सँधै अब्बल रहेको इमाडोल ललितपुरस्थित न्यू दीपज्योति ट्रेडिङका मोहनविक्रम कार्कीले बताए । विगत १५–२० वर्षदेखि सिमेन्ट बेच्दै आएका कार्की ठूलाठूला परियोजनाबाट पनि मारुती सिमेन्टबारे राम्रो प्रतिक्रिया पाएको बताउँछन् ।
गुणस्तरमा मारुती सिमेन्ट नम्बर एक रहेको दाबी गर्दै उनले भने, ‘आजसम्म हामीले मारुती सिमेन्टमा कुनै पनि गुनासो भेट्टाएका छैनौँ । जहिले पनि मारुती सिमेन्टको गुणस्तरमा एकनास नै पाएका छौँ ।’
भिडियो हेर्नुहोस्:
काठमाडौँ इन्टरप्राइजेजका ध्रुव कुमार श्रेष्ठका अनुसार मारुती सिमेन्ट नेपाली बजारमा सर्वोत्कृष्ट सिमेन्ट हो । ठूल्ठूला परियोजनामा समेत आफूले मारुती सिमेन्ट पठाए पनि हालसम्म कुनै पनि किसिमका गुनासाहरु नआएको उनले बताए ।
श्रेष्ठले भने, ‘ठूलाठूला पुल बनाउन मारुती सिमेन्ट पठाएँ, तर हालसम्म कुनै पनि किसिमको गुनासो आएको छैन । गुणस्तर निकै राम्रो भएकाले मारुती सिमेन्ट बेचिरहेको छु र बेच्ने पनि छु ।’