काठमाडौँ – गरिमा विकास बैँकले धनकुटा र झापाको चन्द्रगढीमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले धनकुटाको सदरमुकाम धनकुटा र चन्द्रगढीमा सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
यससँगै देशभर गरिमा विकास बैंकका शाखा कार्यालयको संख्या ११८ पुगेको छ । बैँकले १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।