काठमाडौं – काठमाडौंको आज विहानको तापक्रम ४.७ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ४.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।


ADVERTISEMENT


दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।  आज दिउँसो काठमाडौंमा बदली हुनेछ । काठमाडौंमा पानी पर्ने सम्भावना पनि देखिएको छ । तर, यो निकै न्यून छ ।


ADVERTISEMENT

# # #


पहाडी भेगमा हल्का तथा मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासी बताउँछिन् ।

हिमपात तथा वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।