काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक विभिन्न चारवटा निर्णय गर्दै सम्पन्न भएको छ ।


ADVERTISEMENT


शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका चार निर्णय गर्दै सकिएको हो । बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न आउने विभिन्न राजनीतिक दलका नेताहरू, महाधिवेशन सम्पन्न गर्न पार्टीका विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि कांग्रेस उमेदवारहरूका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।

गएको मंसिर २४ देखि २८ गतेसम्म भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले शनिबारै निर्वाचित भएको प्रमाणपत्र पनि ग्रहण गरेका छन् ।