काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वरीयता तोकेका छन् । देउवाले तोकेको वरीयतामा सभापतिमा पराजित डा शेखर कोइराला २०औँ नम्बरमा पुगेका छन् ।


ADVERTISEMENT


यसअघि पार्टी सभापतिमा पराजित भएका नेतालाई दोस्रो या तेस्रो वरीयतामा राखिँदै आएको थियो । तर, दोस्रो चरणको मतदानमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाको वरियता यस पटक २० औँ नम्बरमा पुगेको हो ।


ADVERTISEMENT

# # #


कोइरालालाई वरीयताक्रममा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीभन्दा तल राखिएको छ । वरीयतामा देउवा पहिलो नम्बरमा छन् । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन ।

त्यसपछि उपसभापति, महामन्त्री तथा सहमहामन्त्री वरीयता क्रममा छन् । त्यसपछि अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ र सुनिल थापापछिको वरियतामा शेखर कोइरला परेका छन् ।