काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।


ADVERTISEMENT


आज बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी संख्या १५ पुर्‍याउने निर्णय गरेको एक नेताले बताए ।


ADVERTISEMENT

# # #


साथै, माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि अधिवेशनको समयसमेत बढाउने निर्णय गरेको छ । यसअघि तीन दिन हुने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएर पाँच दिन हुने भएको छ ।

महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । मनोनितसहित प्रतिनिधि १ हजार ६३१ जना रहने व्यवस्था गरिएको छ । महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।