काठमाडौँ– नेपाली सेनाद्वारा आयोजित कविता प्रतियोगितामा अब गैरसेना पनि भाग लिन पाइने भएको छ ।


ADVERTISEMENT


पृथ्वी जयन्ती दिवसको अवसरमा सेनाद्वारा आयोजना गर्न लागिएको ‘राष्ट्रिय कविता प्रतियोगिता–२०७८’ मा सर्वसाधारणले पनि भाग लिन सक्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सहभागी हुन चाहाने व्यक्तिले पौष १७ गतेभित्र नेपाली सेनाको ईमेल ठेगाना [email protected]मा नियम तथा प्रतियोगिता सम्बन्धी सूचना प्रति–१ (एक) लाई अनुशरण गर्दै आफ्नो कविता पठाउन सकिने सेनाले रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रतियोगितामा उत्कृष्ट हुने १० जनालाई २० हजार रुपैँया र थप छनौट भएका २० जनालाई पाँच हजार रुपैँयासहित प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यसका साथै प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबपेज www.nepalarmy.mil.np मा गई आवश्यक जानकारी प्राप्त गर्न सकिने छ ।

राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा मन्त्रालयद्वारा विगतदेखि नै विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाउँदै आइएको छ ।

सेनाद्वारा प्रतियोगिता सम्बन्धि जारी सुचना