जनकपुरधाम – सप्तरीमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । छिनमस्ता गाउँपालिका-१ बरही वीरपूरकी ५० वर्षीया भुटनीदेवी यादवको हत्या भएको हो ।


ADVERTISEMENT


खेतमा फालिएको अवस्थामा भुटनीदेवीको शव फेला परेको बताइएको छ । खेतमा काम गर्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार बियरको बोतलले घाँटी रेटेर उनको हत्या भएको हो ।


ADVERTISEMENT

# # #


हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।