काठमाडौँ– नेपाल मेडिकल कलेजले एक महिनासम्म विभिन्न सेवाहरुमा शतप्रतिशत छुट दिने भएको छ । जोरपाटी अत्तरखेल स्थित कलेजले स्वास्थ्य सेवा तर्फ उपचारार्थ आउने विरामीहरुलाई एक महिनासम्म छुट दिने घोषणा गरेको हो ।


ADVERTISEMENT


कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल वेडहरु निःशुल्क गरिएको बताए । कलेजले पुस १५ गतेदेखि माघ १५ गतेसम्म इमरजेन्सी, ओपिडी र जनरल वेडहरुमा भर्ना शुल्क शतप्रतिशत छुट गरेको हो ।


ADVERTISEMENT

# # #


कलेजमा अब कुनैपनि उपचारका लागि आउने विरामीले एक महिनासम्म ओपिडीको टिकटमा पैसा तिर्नु पर्दैन भने जनरल वेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ ।

‘इमरजेन्सीमा आउने सम्पूर्ण विरामीहरुलाई विरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौं, ओपिडीमा पनि नयाँ र पुरानो दुवै विरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने, साधारण शैयामा भर्ना हुन आउने विरामीलाई पनि शैया शुल्कमा ५० प्रतिशत छुट गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले पत्रकार सम्मेलनमा भने ।

६ महिना अगाडी मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिक लगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जनाए । ‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन् । आथिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं’, अन्सारीले भने ।

अन्सारीले नेपाल मेडिकल कलेजमा प्रवेश गरेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छन् । समय सापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउँदै कलेजले आउँदा दिनहरुमा आइसियू सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । यसका लागि थप २३ वटा आइसियू वेड थप गर्ने भएको छ ।

यस्तै, मृगौला, क्यान्सर रोग लागेका विरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरु प्रभावकारी बनाउँदै लैजाने बताएको छ । आगामी वर्षहरुमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्यावसहितको पूर्वाधार थप्ने भएको छ ।

कलेजले इमरजेन्सी सेवालाई थप व्यवस्थित र २४ सै घण्टा विशेषज्ञ सहितको चिकीत्सक ब्यवस्थापन गरेको छ । इमरजेन्सीमा आउने कुनैपनि विरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका बरिष्ठ चिकित्सकको नेतृत्वमा इमरजेन्सी सेवा रहेको बताइएको छ ।

यसैगरी कलेजले ल्याव तर्फका सेवालाई पनि थप गर्ने भएको छ । निकट भविष्यमै अस्पतालको ल्याव तर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने भनिएको छ । ‘अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्ने छौं ।’ नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताउँदै अन्सारीले भने ।

कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ । सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरुलाई ल्याव, वेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिने छ ।

अस्पतालद्वारा जारी विज्ञप्ति :