नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।


ADVERTISEMENT


काठमाडौंको प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ ।


ADVERTISEMENT

# # #


सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ । समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको माओवादीले जनाएको छ । प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।