काठमाडौँ– हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालका अध्यक्ष राम शरण भण्डारी ‘प्रोफेशनल डक्टरल सर्टिफिकेट अवार्ड’ का लागि चयन भएका छन् ।


ADVERTISEMENT


अध्यक्ष भण्डारी युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिस-फ्रान्सबाट नेपालको स्वास्थ क्षेत्रमा योगदान पुर्‍याएका कारण ‘प्रोफेशनल डक्टरल सर्टिफिकेट अवार्ड ईन हस्पिटल म्यानेजमेन्ट’ का लागि चयन भएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि उनी आगामी जनवरी–२०२२ मा बैंकक, थाइल्यान्डमा हुन लागेको इभेन्टमा सहभागी हुनेछन् ।

२० वर्षअघि मेडिकल उपकरण सप्लाइ व्यवसायीका रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका भण्डारीले देशका चर्चित र वरिष्ठ विशेषज्ञ डाक्टरलाई एकै ठाउँमा भेला पारी ह्याम्समार्फत बिरामीलाई विशेष सेवा सुविधा उपलब्ध गराउँदै आएका छन् ।