काठमाडौँ – पत्रकार शन्तराम बिडारी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


पत्रकारिता तथा आमसञ्चारमा स्नाकोत्तर गरेका बिडारीलाई मन्त्री खतिवडाले प्रेस सल्लाहकार बनाएका हुन् । बिडारीले नेपाल ल क्याम्पसबाट एलएलबी समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


पत्रकारिता अध्यापन समेत गर्दै आएका बिडारी दामन पोष्ट दैनिक र दामन पोष्ट डटकमका सम्पादक समेत हुन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्षको समेत अनुभव रहेको छ ।