काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरु गलत रहेको भन्दै त्यस्ता भ्रमहरुमा नपर्न सवैलाई अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकमा सवै सांसदहरुको उपस्थिति रहेको र पार्टी संसदीय दल एकतावद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरु नियोजित रहेको उनले बताए । बैठकमा सांसदहरुले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे । संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए ।

उनले अहिलेको अवस्थामा दलहरु विभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राख्नुभयो ।