काठमाडौँ– सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


राजु गिरीको निर्देशन सल्लाहाकार रहेको सो गीतका भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।


ADVERTISEMENT

# # #


निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक रहेकी अधिकारीको यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा उनी विश्वस्त छिन् ।

भिडियो हेर्नुुहोस् :