दुहवी– फरवार्ड सुपरमार्केट पुस १७ गतेदेखि सञ्चालनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको दिनदेखि फरवार्ड सुपरमार्केट सञ्चालनमा ल्याउन लागेको हो ।


ADVERTISEMENT


सुनसरीको दुहवी बजारमा रहेको फरवार्ड सुपरमार्केट उक्त क्षेत्रकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त यस सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सरसामान सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।


ADVERTISEMENT

# # #


करिब २० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषका जुत्ता चप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता प्रख्यात कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।

‘हाम्रो उद्देश्य उपभोक्तालाई बजारको सुपथ मुल्यमा स्थानीय उत्पादनदेखि विश्व बजारका प्रख्यात ब्राण्डेड सामानहरु विक्रिवितरण गर्नु भएकाले कुनैपनि सामान अन्य पसल र स्टोरको दाँजोमा सुपथ मुल्यमा पाइन्छ ।’ फरवार्ड सुपरमार्केटका डाइरेक्टर द्रव्यराज चौधरी भन्छन् ।

स्थानीय उत्पादनलाई छुट्टै स्थान

सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुकालागि छुट्टै स्टल प्रबन्ध गरिएको छ । सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान जस्तैः नुन तेल, चीनी, दाल, चामल, मरमसला, विस्कुट, चाउचाउ, किस्कुट लगायत ग्रोसरी तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइनेछ । मदिराका पारखीहरुले विभिन्न ब्राण्डका मदिराहरु यसै फ्लोरमा खरिद गर्न सक्छन् । युवायुवतिहरुका लागि चाहिने सौन्दर्य प्रसाधनका सामग्रीहरु पनि यसै फ्लोरमा पाइन्छ ।

साथै, ग्राउण्ड फ्लोरमै स्थानीय तहमा उत्पादित खाद्यान्न, तरकारी, फलफुलसमेत रहेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले उत्पादन गरेका सामग्री यसै फ्लोरमा पाइनेछ । माइक्रोफाइनान्समा आबद्ध भएर स्वरोजगार भएका महिला दिदिबहिनीहरुको सिप र जाँगरलाई कदर गर्दै उनीहरुद्वारा उत्पादित परम्परागत तथा कृषिजन्य वस्तुहरुलाई बजारीकरण गर्न फरवार्ड सुपरमार्केट भित्र छुट्टै स्थान छुट्याइएको हो ।

ग्राउण्ड फ्लोरको अगाडी आकर्षक कफी सपसमेत रहेको छ । जहाँ चिया, कफी, आइसक्रिम लगायत स्वादिष्ट बेकरीको स्वाद लिन सकिनेछ ।

फरवार्ड सुपरमार्केटको पहिलो तल्लामा होम अप्लाएन्सहरु रहेका छन् । उपभोक्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्राण्डदेखि नेपालमै निर्माण भएका गुणस्तरीय होम अप्लाएन्सहरु सुपथ मुल्यमा खरिद गर्न सक्छन् । यहाँ एलजी, स्काईवर्थ, खैतान, औरा लगायत कम्पनीका टिभी, फ्रिज, राइसकुकर, आइरन, पंखा, मिक्चर ग्राइण्डर, माइक्रोओभन, भ्याकुम क्लिनर आधुनिक ग्याँस चुल्हा लगायतका होम अप्लाएन्सहरु रहेका छन् ।

यस्तै, सुपरमार्केटको दोश्रो तल्लामा महिला पुरुषकालागि चाहिने विभिन्न प्रकारका लत्ताकपडाहरु राखिएका छन् । यहाँ महिला पुरुष तथा बालबालिका सबैकालागि जाडो गर्मी जुनसुकै समयमा आवश्यक लत्ताकपडा, फेसन आइटमहरु पाइन्छ ।

सुपरमार्केटको तेश्रो तल्लामा बैंक रहेको छ । उपभोक्ता कहाँ सहज रुपमा बैंक तथा वित्तीय सेवा पुग्न सकोस र फरवार्ड सुपरमार्केटमा आएका उपभोक्तालाई पनि सहजै बैंकिङ सुविधा पुर्याउन तेश्रो तल्लामा राष्ट्रिय बाणिज्य बैंकको शाखा राखिएको हो । त्यसो त, सुपरमार्केटकै ग्राउण्ड फ्लोर अगाडी विभिन्न बैंकहरुका एटीएम पनि राखिएका छन् ।

 

चौथो तल्लामा नेपालीदेखि विभिन्न अन्तराष्ट्रिय ब्राण्डका जुत्ता चप्पलसँगै मोवाइल तथा मोवाइलका एसोसेरिज र सुनचाँदीका गरगहनाको पसल रहनेछ । यसै तल्लामा पछिल्लो समय युवायुवती तथा बालबालिकाको रोजाइमा पर्न गएको भिडियो गेमका लागि ‘गेमिङ जोन’ पनि रहनेछ । साथै, फरवार्ड सुपरमार्केटको ब्यवस्थापकीय कार्यालय यसै फ्लोरमा रहेको छ ।

पाचौं तलामा भने, आकर्षक फुडकोर्ट र किण्डरजोन रहनेछ । सुपरमार्केटमा सपिङ गर्न आएका उपभोक्ताहरुले किनमेलपछि आरामदायीक फुडकोर्टमा बसेर परम्परागत नेपाली, इण्डीयन, इटालियन, कन्टिनेन्टल परिकारका स्वादहरु लिन सक्छन् । साथमा, आकर्षक किण्डरजोन पनि भएकाले बालबालिकाहरुलाई खेलकुद युक्त मनोरञ्जनका साधनबाट मनोरञ्जन लिन सक्नेछन् ।

छैटौं तल्लामा आधुनिक मल्टिफ्ल्लेक्स फिल्म हल रहनेछ । पछिल्लो समय दुहवी, खनार आसपासमा फिल्म हल सञ्चालन नहुँदा मनोरञ्जनकालागि विराटनगर, इटहरी जानुपर्ने बाध्यता छ । यहि कुरालाई मनन गर्दै फरवार्ड सुपरमार्केटले आधुनिक फिल्म हल निर्माण गरिरहेको हो । हाल फिल्म हल निर्माणाधिन रहेको छ । आगामी वर्षमा हल सञ्चालनमा आउने बताइएको छ ।

सर्वसुलभ मुल्यमा सामान

फरवार्ड सुपरमार्केटमा अधिकांश सामानहरु डाइरेक्ट कम्पनीमार्फत आएकाले उपभोक्ताहरुले अन्य पसल र स्टोरहरुको दाँजोमा सर्वसुलभ मुल्यमा पाउने छन् । ‘हामीसँग १५ हजार बढी सामानहरुमा अधिकांश डाइरेक्ट कम्पनीमार्फत आएकाले अन्य बजारको दाँजोमा सस्तो हुन्छ । क्वालिटीमा पनि कुनै कम्प्रोमाइज गरेका छैनौं, जेन्यूज सामानहरु रहेकाले नक्कली पर्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था छैन’, डाइरेक्टर चौधरी भन्छन् ।

स्थानीय तहमा रोजगारी

ग्रामिण महिलाको आर्थिक शशक्तिकरणकी अगुवा भगवती चौधरीको नेतृत्वमा स्थापित फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटले स्थानीय तहमा रोजगारी समेत सृजना गरेको छ । अहिले प्रत्यक्ष रुपमा कम्पनी भित्र करिब तीन दर्जनले रोजगारी पाइरहेका छन् भने अप्रत्यक्ष रुपमा सुपरमार्केटसँग जोडिएर काम गर्नेहरुको संख्या सयौँ छ ।

स्थानीय युवायुवतीहरुलाई गाउँघरमै रोजगारी सृजना गरी उनीहरुको आर्थिक स्थिति सुधार्न सहयोग पुर्याउनु फरवार्ड इन्टरप्राइजेजको महत्वपूर्ण उद्देश्य हो । यसका अलावा दुहवी क्षेत्रको विकास गर्न, आर्थिक गतिविधि बढाउन र आम उपभोक्तालाई सुपरमार्केटमा गएर सामान खरिद गर्नुपर्छ भन्ने बुझाउन पनि सुपरमार्केटको उद्देश्य रहेको छ । ‘स्थानीयलाई अर्थतन्त्रसँग जोड्दै उनीहरुको उत्पादन, ज्ञान र सिपलाई बजारीकरण गर्नु फरवार्ड सुपरमार्केटको मुख्य विशेषता हो ।’ फरवार्ड इन्टरप्राइजेजकी अध्यक्ष भगवती चौधरीको भनाई छ ।

ओपनिङमा बम्पर अफर

फरवार्ड सुपर मार्केटको ओपनिङको अफरमा बम्पर उपहार योजना ल्याइएको छ । कम्पनीले पौष १७ गतेदेखि २४ गते सम्मकालागि कुनैपनि सामानको खरिदमा ३० प्रतिशत छुट दिएको छ । भने, प्रत्येक दिन लक्की ड्र मार्फत उपहार योजना ल्याएको छ ।

प्रत्येक दिन राइस कुकर, आइरन, ग्लास सेटलगायतका उपहार योजना रहेका छन् । ग्राहकले १००० रुपैँया सम्मको खरिदमा लक्की ड्र तथा २० हजार रुपैँया सम्मको खरिदमा बम्पर अफर कुपन प्राप्त गर्न सक्नेछन् । बम्पर उपहार गोला प्रथाद्वारा अन्तिम दिन सार्वजनिक गरिनेछ । जसमा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन पाउने कम्पनीले जनाएको छ ।