काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीमाथि आक्रोश पोखेका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सिईओ रेग्मीको आलोचना गर्दै उनलाई ‘साँढे’ को संज्ञा समेत दिन भ्याएका छन् ।
बोर्डको विकास बाधकका कारण रेग्मीलाई नै औल्याउँदै मन्त्री आलेले भने, ‘धेरै रिसाउनु’भो जाम् रक्सी खाम् भन्ने साँढेलाई राखेर पनि बोर्ड चल्छ ?
रेग्मीले आफूलाई एकपटक जबर्जस्ती लन्डन लैजादा आफु त्यहाँ अपमानिक भएको मन्त्री आलेको भनाई छ । बिना कुनै व्यवस्था आफुलाई दूतावासमा स्टक राखिदिएको आरोप लगाउँदै उनले फेरि भने, ‘यस्तो साँढेलाई सिइओ बनाएर बोर्ड चल्छ ?’