काठमाण्डौं-प्रदेश नम्बर १ को सुरक्षा अवस्थाबारे छलफल गर्न आज विराटनगरमा प्रदेश स्तरीय सुरक्षा बैठक आज वस्दैछ ।


ADVERTISEMENT


वैठकमा प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनको पूर्वसन्ध्यामा १ नम्वर प्रदेशमा पर्ने जिल्लाहरुको सुरक्षा अवस्थाबारे छलफल हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुखहरुको सहभागिता रहनेछ । यसैगरी गृह सचिव मोहनकृष्ण सापकोटा, सबै सुरक्षा निकायका प्रमुखहरु, निर्वाचन आयुक्त नरेन्द्र दाहाल र सेनाको पूर्व पृतनाका पृतनापतिको समेत सहभागिता रहने जनाइएको छ ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सुरक्षा चुनौती र निर्वाचनका बेला अपनाउनुपर्ने योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि निर्वाचनमा अपनाइने विशेष सुरक्षा योजनाबारे छलफल गरी त्यसैअनुसारको योजना बनाइने एक सुरक्षा अधिकारीले बताए ।

निर्वाचन अघि विभिन्न उम्मेदवार र तिनका प्रचार टोलीमाथि भइरहेका आक्रमणको सन्दर्भमा सुरक्षा चुनौती बढेको भन्दै यसबारे विशेष छलफल हुने ती अधिकारीले बताए ।