काठमाण्डौं-विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधीमा संलग्न २ सय जनालाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको भन्दै निर्वाचन बिरोधी घटनामा संलग्न २ सय जना पक्राउ परेको गृह प्रवक्ता नारयण प्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक परेको खण्डमा सेनालाई समेत आवश्यक जाचको जिम्मा दिएको छ । निर्वाचन क्षेत्रको सुरक्षा विश्लेषण गरि सेनाले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्ने प्रवक्ता शर्माको भनाई छ ।

यो संगै जिल्ला सुरक्षा समितिलाई पनि बढी सर्तकता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ । प्रदेश र प्रतिनीधिसभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न जल्लामा उम्मेदवार लक्षित विस्फाटनका घटना बृद्धि भएको छ ।

घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको संलग्नता रहेको भनिएपनि पक्राउ परेकाहरु सो पार्टीको भएर नभएको बारेमा भने गृहमन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन ।