काठमाण्डौं-मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलस्थित बहुप्रतिक्षित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।


ADVERTISEMENT


जापानी सहयोग नियोग जाइकाको करिब ५ अर्ब ७ करोड ८० लाख सहयोगमा बनेको यो प्रशोधन केन्द्र मलेम्ची खानेपानी आयोजनाको एक महत्वपूर्ण पाटो मानिन्छ । प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन क्षमता रहेको केन्द्रको निर्माण सम्पन्न भइ सञ्चालनको तयारी अवस्थामा रहेको जाइकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


मेलम्ची परियोजनाको सुरुङ निर्माणको काम तथा अन्य कार्यहरू सम्पन्न भएपश्चात यो प्रशोधन केन्द्र सञ्चालनमा आउने बताइएको छ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बीचमा अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको यो केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुने जाइकाले दावी गरेको छ ।

केन्द्रमा २ सय किलोवाटको लघु जलविद्युत मीनी हाइड्रो प्लान्ट पनि निर्माण गरिएको छ । जसबाट यो केन्द्र स्वचालित हुने जनाइएको छ । २०७० को पौष १७ गतेबाट निर्माण थालिएको सो केन्द्रलाई केही दिनभित्रै मलेम्ची आयोजना समितीलाई हस्तान्तरण गर्ने तयारी रहेको जाइकाले जनाएको छ ।