काठमाडौँ – नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ।


ADVERTISEMENT


माओवादी महाधिवेशन अन्तर्गतको बन्दसत्र केहि बेर पुन: रोक्दै सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि शिर्ष नेताहरुले गृहकार्य गरिरहेका हुन् । माओवादीमा केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ । पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो ।


ADVERTISEMENT

# # #


केन्द्रीय समिति र पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै टुङ्गाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भईरहेको छ ।

बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।