काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकोे सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकीले प्रदेश १ मा खाली तीन सिट मध्ये महिला तर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नंवर दुईमा महिला तर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्टाइएको जानकारी दिनुभयो । त्यस्तै बागमति प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी , गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलिय माओवादी , लुम्विनी प्रदेशमा पुृरुषतर्फ कांग्रेस, महिलामा समाजवादी र दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्टाउने सहमति भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपाङतर्फ माओवादी र खुल्लामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुल्लामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको कार्कीले जानकारी दिए ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।