काठमाडौँ – नारायणहिटी दरबार संग्रहालयभित्रको रेस्टुरेन्टको निर्माणकार्य रोकिएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको आदेशमा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रा.लि.लाई निर्माण कार्य रोक्न आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


समितिले सञ्चामाध्यममा आएका समाचारका कारण विवाद सिर्जना भएकाले निर्माण कार्य अर्को आदेश नआएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको हो । ‘..सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रा.लि.बीच सम्झौता भएको थियो । करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग मासिक अढाइ लाख रुपैयाँ लिने सम्झौता भएको थियो ।