काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको अपेक्षा अनुसार तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले जनतालाई दिनुपर्ने सेवा सुविधालाई मध्यनजर गर्दै तीव्रताका साथ काम गर्न निर्देशन दिएका हुन् । मुलकको बिकास निर्माणका काम र सरकारले दिनुपर्ने सेवा सुविधाहरुलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका लागि सरकार चनाखो हुनुपर्ने पनि बताएका थिए । त्यस्तै हालै अर्थतन्त्रमा देखिएका समस्याहरु सनातन भएको भएपनि समाधानका उपाय खोज्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउन निर्देशन दिएको प्रवक्ता कार्कीले बताए ।

छलफल अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा प्रधानमन्त्रीले जानकारी लिएका थिए ।