काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् । उनले एकपटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्री लगाएत सवै दल सहमत भएको उनले जानकारी दिए । काठमाडौं विमानस्थलको विकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिए । मन्त्री आलेले विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताए ।

उहाले विमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।