डोटी– बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो ।


ADVERTISEMENT


वर्षौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए । उनका अनुसार टिएएच विधिद्वारा गरिएको शल्यक्रियामा प्रति बिरामी चार घण्टा समय लगाएर शल्यक्रिया गरिएको छ ।


ADVERTISEMENT

# # #


पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताए। जिल्लाका धेरै ठाउँमा पाठेघरका समस्या भएका सयौँ महिलाले आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सक बताउँछन् । रासस