काठमाडौँ – पूर्व राष्ट्रिय खेलाडी शिक्त गौचन रुपन्देहीको जिल्ला क्रिकेट संघको निर्वाचनमा उठ्ने भएका छन् । शक्तिले बिहीबार सामाजिक सञ्जालमार्फत रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले क्रिकेट खेल र खेलाडीको विकास लागि नयाँ सोच र भिजन लिएर आफू अध्यक्षमा उठ्ने बताएका छन् । ३७ वर्षीय शक्तिले भने, ‘रुपन्देही जिल्लालाई क्रिकेटका हिसाबले नेपालको उत्कृष्ट जिल्ला बनाउने उद्देश्य लिएर यस पटक म जिल्ला क्रिकेट संघको निर्वाचनमा अध्यक्षको लागि उम्मेदवारी दर्ता गर्दैछु ।


ADVERTISEMENT

# # #


उनले आफ्नो अभियानलाई साथ र सहयोग गर्नका लागि आग्रह समेत गरेका छन् । रुपन्देही क्रिकेट संघको निर्वाचन आउँदा माघ ५ गते हुँदैछ । नेपाली स्पिन बलिङको एक प्रमुख खम्बाका रुपमा चिनिएका शक्तिले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

करिब दुई दशक नेपाली क्रिकेटमा खेलाडीको रुपमा सेवा गरेका शक्तिले नेपालले पहिलो एकदिवसीय खेल खेल्दा उनी पनि सदस्य थिए । पछिल्लो समय उनी रुपन्देहीमा युवा खेलाडी उत्पादनमा सक्रिय रहँदै आएका छन् । उनको रुपन्देहीमा आफ्नै क्रिकेट एकेडेमी समेत रहेको छ ।

राष्ट्रिय क्रिकेट टिमका कुशल मल्ल, सुसन भारी शक्ति गौचनकै उत्पादन हुन् ।