काठमाडौँ– नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेर्तत्वमा चलेको उद्योगले लगातार एकपछि अर्काे सफलता चुम्दै गएको छ ।


ADVERTISEMENT


गतवर्षका माघमा प्रतिष्पर्धाबाट चुनिएर गएका महाप्रबन्धक न्यौपानेले छोटो समयमा नै उद्योगलाई उँधो गतितर्फ डोहोर्‍याउन सफल भएका हुन् । छनौट भएर गएको एक वर्षको अवधिमा नै उनले नियमित मर्मतसम्भार, उत्पादन, बिक्रिको साथै सुशासनमा समेत ठुलो उपलब्धि हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


कार्यभार सम्हालेपछि पहिलोपटक एकैसाथ चौध वर्षको वार्षिक साधारण सभा गराएका उनी अधिकृत पुंजीमा समेत वृद्धि गर्दै ४ अर्बबाट रुपैँयाबाट १० अर्ब पुर्‍याउने गरी कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत गराउन सफल भएका छन् । यस्तै, कम्पनीका सबै अभिलेखहरु अपडेट गराई शेयरलाई लगत प्रमाणित गराई लिनमा समेत उनले सफलता हासिल गरेका छन् ।