काठमाडौं – गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका २६ जना प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेका छन् । बिहीवार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको मन्त्रीस्तरीय बैठकले एकैपटक २६ एसएसपी सरुवाको निर्णय लिएको हो ।


ADVERTISEMENT


एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् । ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।

यसैगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ ।

विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ ।

सरुवा भएका एसएसपीको साविक एवम् सरुवा दरबन्दी सूची :