काठमाडौँ– महालक्ष्मी विकास बैंकका ग्राहकले र ईशान महिला तथा बाल अस्पतालमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।


ADVERTISEMENT


शुक्रवार महालक्ष्मी र ईशान अस्पतालबीच भएको एक व्यवसायिक सम्झौता अनुरुप बैंकका ग्राहकले ईशानमा स्वास्थ्य सेवा लिँदा विशेष छुटको व्यवस्था गरिएको हो ।


ADVERTISEMENT

# # #


एक विशेष कार्यक्रमबीच सम्पन्न उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशकरामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् ।

उक्त छुटअन्तर्गत व्यक्तिले ईशानमा उपलब्ध ओपिडी टिकट, ल्याब ,भिडियो एक्स ̵ रे, इको, इसीजी र बेड भर्ना लगायतका सेवामा लाभ लिन सक्नेछ । यद्यपि यसका लागि भने ग्राहकले बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक गुणस्तरीय स्वास्थ्य सेवबाट लाभान्वित हुने दुवै संस्थाको विश्वास छ ।