काठमाडौँ– इण्डियन आइडल सिजन–१२ का विजेता पवनदीप राजन नेपाल आउने भएका छन् ।


ADVERTISEMENT


उनी यसअघि भारतीयसंगै अन्य विदेशी कलाकारहरुले समेत लाईभ प्रस्तुती दिइसकेको ठमेलस्थित एलओडि क्लबमा हुन लागेको कन्सर्टका लागि नेपाल आउने भएका हुन् । ६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन् ।


ADVERTISEMENT

# # #


 यहि माघ १ गते हुने डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फण्ड रेजिङ्ग कार्यक्रममा चर्चित गायक पवनदिपले काठमाडौँको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिने स्रोतले बताएको छ । यस्तै, कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै कन्सर्टमा स्वास्थ्य मापदण्डलाई प्राथमिकता दिइने क्लबले जनाएको छ ।

 उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्ड/कम्पनीले प्रायोजन गरेका छन् ।

सुमधुर स्वर अनि संगीत एवम् गायनमा पोख्त इण्डियन आईडल–२०२१ का विजेता पवनदीपको लवाई नेपाली मुलसंग मिल्दोजुल्दो भएकाले नेपालमा पनि उनको फ्यान फ्लोअर्सको संख्या नगन्य छ । यस्तै उनले अन र ननस्टेज कार्यक्रमहरुमा थुप्रै नेपाली गीत गाएर पनि नेपालीको मन जितेका छन् ।