काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताएका छन् ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादीको काठमाडौ महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको भन्दै आफुलाई अचम्म लागेको पनि बताए ।


ADVERTISEMENT

# # #


उहाले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने उल्लेख गरे । अध्यक्ष नेपालले एमालेभित्र कुनै नीति पद्धति नरहको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हावी भएको जिकिर गरे । उनले एमालेमा रहेका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बताए ।

केपी ओलीबाट नेकपा एमाले पार्टी नवन्ने र नचल्ने उनको भनाई छ । उहाले अहिले ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप पनि लगाए । फरक प्रसंगमा अध्यक्ष नेपालले यसअघि नारायणहिटीमा कुनै पसल नगर्न आफुले सुझाव दिएपनि एमाले नेतृत्वको सरकारले व्यापारिलाई रेष्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेको बताए ।

अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढेको भन्दै पार्टीलाई बिधिसम्बत ढंगले सञ्चालन गर्ने धारणा राखे कार्यक्रममा सो पार्टीको काठमाडौ महानगर कमिटी अन्तर्गतको युवा संघ नेपाल, अनेमसंघ समाजवादी, नेपाल खेलकुल महासंघ समाजवादी र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको घोषणा तथा सपथग्रहण गराइएको थियो ।