काठमाडौँ – आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरु हुने टी–२० ग्लोबल छनोटमा नेपालले पहिलो खेल आयोजक ओमानसँग खेल्ने भएको छ । जस अनुसार नेपालले ओमानसँग फेब्रुअरी १८ (फागुन ६)मा खेल्ने छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आगामी नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’को खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘ए’का ८ टोलीलाई पनि आईसीसीले दुई समूहमा विभाजन गरेको छ ।


ADVERTISEMENT

# # #


नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ ओमान, फिलिपिन्स र क्यानडा रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी रहका छन् । दुई समूहका विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोली विश्वकप छनोटमा छानिने छन् ।

ग्लोबल छनोटका लागि नेपालले ३० खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

टी–२० ग्लोबल छनोटका लागि सँधै १६ वटा राष्ट्रसम्मिलत एउटा प्रतियोगिता गर्दै आएको आईसीसीले यस पटक दुई समूहमा विभाजन गरी दुई फरक प्रतियोगिता गर्दैछ । जस अनुसार समूह ‘ए’को फेब्रुअरीमा हुनेछ भने समूह ‘बी’को आगामी जुलाईमा हुने छ ।

समूह ‘ए’मा नेपाल, आयोजक ओमानसहित आयरल्याण्ड, युएई, क्यानडा, फिलिपिन्स, बहराइन र जर्मनी रहेका छन् । यता समू ‘बी’मा आयोजक जिम्बाब्बे, नेदरल्याण्ड, पपुवा न्यू गिनी, अमेरिका, हङकङ, सिंगापुर, जर्सी यगान्डा रहेका छन् ।

समूह ‘ए’ र समूह ‘बी’बाट २–२ टिम अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । जहाँ १२ टिम स्वतः छनोट भइसकेका छन् ।

नेपालको खेल तालिका

१८ फेब्रुअरी (फागुन ६) : ओमानविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
१९ फेब्रुअरी (फागुन ७) : बहराइनविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
२१ फेब्रुअरी (फागुन ९) : क्यानडाविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)

बन्द प्रशिक्षणमा बोलाइएको नेपालका ३० खेलाडी

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशङ्कर साह ।