हेटौंडा – छिमेक लघुवित्त वित्तीय संस्था लि।को २०औंं वार्षिक साधारण सभा हेटौंडाको होटल सामना प्रालिमा शुक्रवार वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न भयो ।


ADVERTISEMENT


सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ।


ADVERTISEMENT

# # #


२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७-७८ मा १ अर्व ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। शेयरधनीहरुलाई आव।२०७७-७८ को मुनाफाबाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरी कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ।

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए। यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि ऋषिराज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन्।