काठमाण्डौं-प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।


ADVERTISEMENT


माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ मा घरदैलो तथा प्रचार प्रसारको कार्यक्रम राखिएको थियो । आइतबार बिहान वडा नम्बर ५ कै विकास चोकमा कोणसभा आयोजना गरिए पनि प्रकाश दाहालको निधनको खबर पाएलगत्तै कार्यक्रम बीचमै स्थगित गरिएको छ ।


ADVERTISEMENT

# # #


आगामी पाँच गतेको कार्यक्रम पनि स्थगित भएको क्षेत्र नम्बर २ (ख) का वाम गठबन्धन उम्मेदवार विजय सुवेदीले जानकारी दिए । यसैगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि आज चितवन जिल्लाभर चुनाव प्रचार प्रसारको कार्यक्रम स्थगित गरेको क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेका सहयोगी राजु भण्डारीले जानकारी दिए ।

राप्रपा प्रजातान्त्रिकका नेता पाण्डे चितवन क्षेत्र नम्बर ३ मा माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् ।