काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले आज सोमबार बिहान पीसीआर परीक्षण गरेका छन् । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


उनी अहिले होम आइसोलेसनमा छन् । मन्त्री पौडेलले यसबीचमा आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् । पौडेको सचिवालयले उनको दैनिक भेटघाटको कार्यक्रमहरू सबै तत्काललाई स्थगित भएको जनाएको छ ।


ADVERTISEMENT

# # #