काठमाडौं – उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको एक हप्ता पनि नबित्दै उत्तर कोरियाले मंगलबार मिसाइल प्रक्षेपण गरेको हो ।


ADVERTISEMENT


पछिल्लोपटक परीक्षण गरिएको ब्यालेस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय समय अनुसार बिहान ७ बजेर २७ मिनेटमा मिसाइल डिटेक्ट भएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । जापानका तटरक्षकहरुले पनि मिसाइल परीक्षण भएको बताएका छन् ।

उनीहरुका अनुसार उत्तर कोरिया तर्फबाट ब्यालेस्टिक मिसाइल जस्तो वस्तु आएको हो । केही दिनअघि उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो ।

त्यसपछि अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले वक्तव्य जारी गरेर अस्थिरता उत्पन्न हुने खालका गतिविधि नगर्न उत्तर कोरियासँग आग्रह गरेका थिए ।