काठमाडौं – मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–३ स्थित सोल्टी पुलमा बिहान ट्याक्टरको ठक्करबाट क्याम्पस गइरहेका २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ।


ADVERTISEMENT


आज बिहान साढे पाँच बजे  प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ ।