काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला  ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला  ४०० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।


ADVERTISEMENT

# # #