काठमाडौँ– नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन थाल्न लागेको भन्दै एकपछि अर्काे घटनामा मुछिँदै गएको बतास समूहले सरकारलाई चुनौती दिएको छ ।


ADVERTISEMENT


आफुहरुले गरेको कुनै पनि कार्य कानुन विपरित नभएको भन्दै बतास समूहले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कहिँ कतै नियम विपरित भए कारवाहि गर्न चुनौती दिएको हो ।


ADVERTISEMENT

# # #


हाल अनावश्यक रुपमा फैलिएको अफवाह/आरोप कुनै पनि सत्य नभएको भन्दै बतासले सो समाचारहरुको समेत खण्डन गरेको छ । बरु आफूमाथि राज्यले अन्याय र अपराध गरेको र त्यसलाई मिडियाले अझै अतिरञ्जित ढङगबाट प्रस्तुत गर्ने कार्य गरेको बतासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘गत हप्तादेखि बतास अर्गनाईजेशनका विरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यम, अनलाइन र टेलिभिजनहरुमा प्रकाशन/प्रसारण भइरहेका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ;, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकरणमा जे–जस्तो ढंगले एकांगी, मनोगत, भ्रामक र कपोकल्पित समाचारहरु प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाईजेशनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिक रुपमा सम्पर्क गरेर सत्य/तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरुले नगरेको हुनाले यो प्रेस विज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नु परेको हो।’

पाँच पानामा जारी सो ७ बुँदे स्पष्टिकरणमा बतास समूहले आफुहरुमाथि नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरियाको भाडादेखि नेपाल भारतमैत्री पशुपति धर्मशाला, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण, पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्रसम्म एवम् विभिन्न  दलका नेता तथा उच्च पदस्थ कर्मचारीसँगको सम्बन्धका विषयमा लगाइएको आरोपहरुलाई प्रस्ट पार्न खोजिएको छ ।

यसका साथै अर्गनाईजेशनले अन्त्यमा आफुहरुले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि कुनै आपत्ति नरहने कुरा समेत स्पष्ट पारेको छ ।

बतास समूहद्वारा जारी विज्ञप्तिपत्र :