काठमाडौँ– नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले आफ्ना ग्राहकका निम्ति एक विशेष योजना ल्याएको छ ।


ADVERTISEMENT


कम्पनी आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘खल्ती मा १०० जीबी’ अफर ल्याएको हो । जसअन्तर्गत खल्तीका प्रयोगकर्ताले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात ’खल्ती’ एपको ‘पपुलर सर्विसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाईफाई’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ ।

यसका लागि प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्ने नियम रहेको छ । २७ पौष देखि २६ माघ, २०७८(१ महिना अवधि) सम्म लागु हुने यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

खल्ती डिजिटल वालेटले मोबाइल÷टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटलगायतका साईटमा बिल भुक्तानी गरि ६० हजार माथिका सेवाहरु डिजिटल भुक्तानी तथा रकम आदानप्रदान मार्फत दिदैँ आएको छ ।