काठमाडौँ– हिमालयन क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि नयाँ अफर ल्याएको छ । लगानीसम्बन्धि विभिन्न विशिष्टिकृत सेवाहरु प्रदान गर्दै आएको यस संस्थाले आफ्ना ग्राहकका लागि नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापनका योजनाहरु विकास गरेको हो ।


ADVERTISEMENT


हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ भने हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ ।


ADVERTISEMENT

# # #


सिर्जित प्रतिफलको वाार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढि हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु पर्ने छैन ।