काठमाडौँ – बाला चतुर्दशीका दिन शतबीज छर्न आएका भक्तजनले चढाएको अन्नलगायत चीजबीजले पशुपति क्षेत्रमा फोहर बढेपछि शनिबार रातिदेखि आज बिहानसम्म सफाइ गरिएको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले आयोजना गरेको सफाइबाट चार ट्रक फोहर व्यवस्थापन भएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । रातिदेखिको सफाइ पशुपति पश्चिम मूलद्वारभित्रको क्षेत्रमा गरिएको थियो । शनिबार २३६ औँ हप्ताको वाग्मती सफाइ पनि पशुपतिअघिको वाग्मती र कैलाश डाँडामा गरिएको थियो । दिउँसोको सफाइले मात्र बाला चतुर्दशीको फोहर नसकिएकाले रातिदेखि बिहानसम्म सफाइ गरिएको हो ।


ADVERTISEMENT

# # #


खेम्स क्लिनिङको प्राविधिक सहयोगमा शुरु भएको पशुपति क्षेत्र सफाइ र रङरोगनको काम पनि महाशिवरात्रिसम्म जारी रहने संस्थाका खेम शर्माले बताए।