काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभर २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससगँको सहकार्यमा कम्पानीले बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, वीरगञ्ज, लहान, कलैया, गरुडा र लालबन्दीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुरमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । कम्पनीले आउने दिनहरुमा थप विविध कार्यक्रमहरु गरिी समाजिक उत्तरदायित्व अघि बढाउने जनाएको छ ।