काठमाडौँ– नेपालमा पछिल्लो पटक फेरि पनि कोरोना संक्रमितको संख्यामा दिनानु दिन वृद्धि हुन थालेको छ । विज्ञहरुले नेपालमा कोरोना महामारीको तेस्रो लहर भित्रिएको चेतावनी दिदैँ गर्दा यता सोहि रुपमा कोरोना संक्रमण दरमा पनि उकालो लागेको देखिएको हो ।


ADVERTISEMENT


पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । आरटी पिसिआरअन्तर्गत १३ हजार ४ सय ७४ र एन्टीजेनअन्तर्गत ७ हजार ८६ गरी कुल २० हजार ५६० जनामा गरिएको नमुना परीक्षणममध्ये ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा संक्रमणका कारण तीन जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा  संक्रमणमुक्त हुने संख्या ३०६ रहेको छ ।