काठमाडौं – संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार यमनका हूती विद्रोहीहरूले आक्रमण गर्दा आगो लागेको छ र तीनवटा इन्धभन ट्यांकरहरू विस्फोट भएका छन् ।


ADVERTISEMENT


घटनामा तीनजनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन् । ड्रोन आक्रमणमार्फत क्षति पुर्‍याइएको अबु धाबी प्रहरीको भनाइ छ । हूती विद्रोहीहरूले घटनाको जिम्मेवारी लिएका छन् ।


ADVERTISEMENT

# # #


हूतीहरूले यमनको ठूलो भागमा नियन्त्रण कायम गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त सरकारको बहालीका लागि साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धनले हूतीविरुद्ध लडाइँ जारी राखेको छ ।

यूएई पनि उक्त सैन्य गठबन्धनमा संलग्न छ । उसले यमनमा हूती विद्रोहीहरूका विरुद्ध हवाई आक्रमण चर्काएको छ । हूती विद्रोहीहरूले यसविरुद्ध जवाफी कारवाही गर्ने बताएका थिए । सोमवारको आक्रमण त्यसै सिलसिलामा गरिएको बताइन्छ ।

इरानले हूती विद्रोहीहरूलाई समर्थन गर्ने गरेको छ । इरुान शियाबहुल देश हो र हूतीहरू पनि शिया नै हुन् ।