जाजरकोट – जाजरकोटमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन् । नलगाड नगरपालिका १० ध्यारगाउँका डिल्ली बहादुर ध्यार वन्यजन्तु कस्तरीको बिना सहित प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


नलगाड नगरपालिका १० ध्यारगाउँ हरि बहादुर ध्यारका छोरा वर्ष ४५ का डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना लिएर हिँडिरहेको भन्ने गोप्य सुचनका आधारमा पक्राउ गरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी निरिक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका ११ चौख बजारमा ध्यारलाई कस्तुरीको बिना लिएर हिँडिरहेको भन्ने गोप्य सुचनका आधारमा पक्राउ गरेको हो ।

ध्यारको साथबाट हल्का गिलो कालो रंगको डल्लोको टुप्पोमा खैरो सेतो कपाल (रौँ) भएको छाला ३० ग्राम तौल वन्यजन्तु कस्तुरीको बिना बरामद सहित उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।