काठमाडौं – अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो ।


ADVERTISEMENT


अफगानिस्तानलाई अहिले १० लाख डाेज खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोन्सन एण्ड जोन्सन खोप रहेको पनि उनले जानकारी दिए । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बराबरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो ।

अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरे पनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ ।