काठमाडौं – त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए ।


ADVERTISEMENT

# # #


परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।

त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

‘परीक्षा चलेका कलेजमा आज अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही साता परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत् सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएका छन्।